काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकार विरुद्ध घेराबन्दी गर्न खोजिएको बताएका छन् ।
‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले मंगलबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवं संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार विरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताए ।
“राजा जस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन”, अध्यक्ष ‘प्रचण्ड’ले भने, “निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।” अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा जनता र ट्रेड युनियनको सम्बन्धलाई सुदृढ गर्न नसक्ने हो भने क्रान्तिका उपलब्धि उल्टिन बेर नलाग्ने बताउँदै क्रान्ति पछिको प्रतिक्रान्ति जब्बर हुने भएकाले सबैले आँखा चनाखो र कान ठाडो पार्नु पर्ने बताए ।
“लेनिनले भने जस्तो क्रान्ति भन्दा १० गुना प्रतिक्रान्ति आउँछ,” उनले भने , “सबैको अधिकार कटौती गरेर राज गर्न नहुने र कर्मचारी भित्रको एकतालाई अझ मजबुद गर्न जरुरी छ । अध्यक्ष दाहालले भने, “सरकारले ट्रेड युनियनको अधिकार कटौती ग¥यो भने किन कटौती गरेको भन्ने प्रश्न आउन सक्छ, “त्यसैले हामी सत्तामा भइहाल्यौं किन अधिकार चाहियो भनेर भएको अधिकार कटौती गर्दैनौँ ।” दुई तिहाइको सरकार भएकाले जनताले अनुभव गर्ने खालको काम गर्न ट्रेड युनियन अग्रसर हुनुपर्नेमा जोड दिदैं उनले कर्मचारीतन्त्रले स्वच्छ र पारदर्शी प्रशासन देखाउनु पर्ने बताए ।































प्रतिक्रिया