काठमाडौं
डा गोविन्द केसी जुम्लामा अनशन बसेको २० औं दिन । साउन ३ गते मध्याह्न । जब देशभरका सञ्चारमाध्यममा करिब एकै समयमा, एकै किसिमको ब्रेकिङ न्युज सार्वजनिक भयो , जुम्लामा डा केसी पक्षधर र प्रहरीबीचको झडपमा गोली लागी एक प्रहरीको मृत्यु भयो ।
त्यो एक कान, दुई कान मैदान हुँदै सबैतिर केही मिनेटमै फैलियो पनि । उक्त समाचार पछि प्रहरी जवानको छातीमा चिर्पट लागेको र सिसाका टुक्रा गढेको भन्दै प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति नै जारी गर्यो । यद्यपि, सोही दिन दिउँसो जुम्ला प्रहरी प्रमुख डीएसपी तपनकुमार दाहालले प्रहरी जवानको ज्यान गएको माइकिङ गरेका थिए ।
उक्त समाचार काठमाडौंका मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका चिकित्सक सबैले सुनेका थिए ।तर उनीहरू त्यतिबेला अचम्ममा परे, जब काठमाडौंमा आफ्नै अघि घाइते एवं चिन्ताजनक अवस्थामा रहेको भनिएका कमल आचार्यलाई सामान्य अवस्थामा भेटे । त्यसैले आफ्नो जिज्ञासा शमन गर्न उनीहरूले तत्कालै प्रहरी जवानको छातीको एक्सरे गरे । तर केही देखिएन । न सिसाका टुक्रा उनीहरूले देखे, न छातीमै देखियो चिर्पटको दाग ।
‘प्रहरीको विज्ञप्ति र सञ्चारमाध्यमहरूले प्रहरी जवान आचार्यको अवस्था चिन्ताजनक भन्दै समाचार प्रवाह गरेको देखेका हामी अहिले आश्चर्यमा छौं’, नाम नबताउने सर्तमा मनमोहन कार्डियोथोरासिकका एक सर्जनले भने । जुम्लामा अनशनरत डा केसीलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न प्रहरीले यस्तो घटनाको परिकल्पना गरेको हुन सक्ने उनको आशंका छ ।
प्रहरी जवान आचार्यको छातीमा सिसाको टुक्रा रहेको र चिर्पट प्रहार गरिएको विषयमा आफू पूर्ण रूपमा जानकार नभएको यसअघि विज्ञप्ति प्रकाशन गरेका एसएसपी शैलेश थापा क्षेत्रीले बताए । ‘प्रहरी जवानको छातीमा के थियो भन्नेबारे मैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल प्रहरी अस्पताल, काठमाडौंमा कार्यरत चिकित्सकसँग बुझें । तर डाक्टरले यस विषयमा केही जानकारी दिएका छैनन्’, उनले भने, ‘मैले यत्ति थाहा पाएको छु, उनलाई गोली लागेको थिएन ।’ यस विषयमा आफूले गहन अध्ययन नगरेको उनको भनार्इ छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया