लमजुङ

बेपत्ता भएको ४७ वर्षपछि बेँसीसहर नगरपालिका, २ का प्रेमबहादुर खड्का घर फर्केका छन् । "/>

बेपत्ता भएको ४७ वर्ष पछि घर फर्कंदा पनि रित्तोहात….!

बेपत्ता भएको ४७ वर्ष पछि घर फर्कंदा पनि रित्तोहात….!

केन्द्रबिन्दु
0
Shares

लमजुङ

बेपत्ता भएको ४७ वर्षपछि बेँसीसहर नगरपालिका, २ का प्रेमबहादुर खड्का घर फर्केका छन् । सानै उमेर देखि काम गर्न भारत गएका उनी बाबु बित्दा किरिया बस्न २०२८ सालमा अन्तिम पटक घर आएका थिए ।

आमाले अर्कै बिहे गरेपछि खड्का फेरि भारत गए । भारतमा गाई फारममा काम गर्दै आएका उनी बुढ्यौलीले असक्त भएपछि घर फर्केका हुन् । घर फर्कने क्रममा भारतमै उनी लुटिए । बाटोमा अज्ञात समुहले मरणासन्न हुने गरी कुटेर उनको साथबाट भारु २३ हजार रुपैयाँ लुटे । घाइते भएका उनलाई धमिलिकुवाका एक जना मान्छेले लमजुङ ल्याएका थिए ।

बसबाट ओर्लेपछि सोधखोज गर्दै खड्का आफ्नो गाउँसम्म आइपुगेका थिए । गाउँमा आएपछि उनले भने, ‘बाँचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन्, जन्मथलो आएँ सबैसँग भेट भयो, खुसी छु ।’ खड्का ७० वर्ष नाघे पनि अहिले सम्म नागरिकता छैन । उनले बुवाआमासँग पनि नागरिकता नबनाएको बताए । घर फर्केपछि उनी भाइसँग बस्दै आएका छन् ।
नयाँ पत्रिकाबाट

Logo