काठमाडौं

आइतबार देखि तीन दिन सम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । "/>

अझै बाढीपहिरो जोखिम सतर्कता अपनाउन चेतावनी

अझै बाढीपहिरो जोखिम सतर्कता अपनाउन चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आइतबार देखि तीन दिन सम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।

शनिबार पहाडी र हिमाली क्षेत्रमा वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मध्यम खालको वर्षा हुने पूर्वानुमान छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उसले आइतबार राति देशभर वर्षाको सम्भावना रहेको बताएको छ । यस्तै पूर्वी तराईका एक–दुई स्थानमा हावाहुरीको र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको उसले जनाएको छ ।

यसैगरी सोमबार मुलुकभर सामान्य देखि पूर्ण बदली रही हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ । सोमबार राति देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यमखालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको विवरण अनुसार शनिबार काठमाडौंमा ५ दशमलव १ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी डडेल्धुरामा ३३ दशमलव ८ मिलिमिटर वर्षा भयो भने सबैभन्दा कम दाङमा छिटफुट वर्षा भयो । महाशाखाका अनुसार दिपायलमा २ दशमलव २, धनगढीमा १० दशमलव ४, वीरेन्द्रनगरमा ३ दशमलव ९ र नेपालगन्जमा १५ दशमलव ३ मिलिमिटर वर्षा भयो ।
राजधानीबाट

Logo