काठमाडौं

सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ( ई–पासपोर्ट ) मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । "/>

एमआरपी अब ई–पासपोर्टमा रुपान्तरण हुने

एमआरपी अब ई–पासपोर्टमा रुपान्तरण हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ( ई–पासपोर्ट ) मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले एमआरपीलाई थप सुरिक्षत बनाउन ई–पासपोर्टमा लैजाने प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो ।

‘सरकारले हालको पासपोर्ट (एमआरपी) लाई स्तरोन्नति गर्दै ई–पासपोर्टमा लैजान सैद्धान्तिक सहमति दिएको छ,’ परराष्ट्र मन्त्रालय अन्तर्गत रादहानी विभागका महानिर्देशक रामकाजी खड्काले भने, ‘सरकारबाट ई–पासपोर्टमा जान स्वीकृति पाइसकेकाले अब छिट्टै यसको तयारी हामी सुरु गर्छौं ।’

परराष्ट्र मन्त्रालयले नेपाली पासपोर्टलाई अझ बढी सुरक्षित बनाउन भन्दै ई–पासपोर्टमा जानुपर्ने प्रस्ताव असार ३ गते मन्त्रिपरिषदमा लगेको थियो । मन्त्रिपरिषद्ले सो प्रस्तावलाई सोही दिन थप छलफलका लागि सामाजिक समितिमा पठाएको थियो । समितिले ई–पासपोर्टमा जान ढिला गर्न नहुने सुझाव दिएपछि मन्त्रिपरिषद्ले परराष्ट्रलाई आवश्यक तयारी थाल्न सैद्धान्तिक सहमति दिएको हो । ‘अब सुरुमा ई–पासपोर्टको आर्थिक तथा प्राविधिक प्रस्ताव तयार पार्नुपर्छ । त्यसपछि टेन्डर प्रक्रियामा जाने हो,’ महानिर्देशक खड्काले भने ।

नेपालले सन् २०१० डिसेम्बर २६ बाट एमआरपी जारी गर्न सुरु गरेको हो । त्यसअघि नेपालले हस्तलिखित पासपोर्ट जारी गर्दै आएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१५ को नोभेम्बर १४ सम्म नेपाललाई हस्तलिखित राहदानी प्रयोग गर्न पाउने सुविधा दिएको थियो ।
नागरिकबाट

Logo