काठमाडौं
निकै लामो समय देखि निर्माणाधिन अवस्थामा रहेको मुग्लिन – नारायणगढ सडक निर्माण सम्पन्न भएको छ । ३६ किलोमिटर लामो सो सडक निर्माण सकिएसँगै अब ३५ मिनेटमा सडक पार गर्न सकिने बताइएको छ । ०७३ चैतमा यस सडकको पुनर्निमार्ण सुरु भएको थियो । यद्यपी आयोजना निर्धारित समय भन्दा १५ महिना ढिलो गरि सकिएको हो । अहिले भने सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिएका छन् ।
निर्माण ढिलो हुनुमा आयोजनाले भूकम्प र नाकाबन्दीलाई प्रमुख कारण जनाएको छ । जसका कारण ११ महिना काम हुन सकेन । यसका साथै निर्माणाधीन अवस्थामा पनि यातायातका साधन समेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समय भन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले स्विकार गरे । विश्वबैंकको करिब ३ अर्ब ९० करोड आर्थिक सहयोगमा सडक निर्माण भएको हो ।





























प्रतिक्रिया