काठमाडौं
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रति असन्तुष्टि जनाएका छन् । तत्कालिन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नै गराएको निर्वाचनबाट बहुमत ल्याएको बताएका उनले ‘अधिनायकवाद आयो’ भन्नु गलत भएको बताए ।
शनिबार ललितपुरमा आयोजित प्रोगेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एशोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर संगठनको एकता घोषणा सभामा प्रचण्डले भने, ‘हामीले लामो संघर्ष र बलिदानबाट २१ सय वर्ष पुरानो संरचना भत्काएर नयाँ युगको सुरु गरेका हौँ । अरुले शासन गर्न पाउँदैनौँ भन्ने सोच बोकेकालाई कम्युनिस्टको एकता राम्रो लागेको छैन । प्रतिक्रिायावादीहरु राति बरबराउन थालेका छन् । कहिले गोविन्द केसी कहिले गंगामायाको पुच्छर समातेर अगाडि बढिरहेका छन् ।’
निर्वाचनबाट पराजित भएपछि देउवाले कम्युनिस्टको सरकारले काम गर्न नसकुन् भनेर अनेक निर्णयहरु गरेको पनि अरोप लगाए । ‘शेरबहादुरले नेतृत्व गरेको सरकारले गरेको निर्वाचनबाट कम्युनिष्टले बहुमत ल्याएको हो । आज उनीहरु नै अधिनायकवाद ल्याउन लागे भनिरहेका छन् ।’
प्रधानमन्त्रीको भनार्इ उदृत गर्दै प्रचण्डले भने ,‘प्रधानमन्त्रीले मलाई भन्दै हुनु हुन्थ्यो, कांग्रेसको सरकारले कम्युनिस्टको सरकारले काम गर्न नसकोस् भनेर अनेक अनेक निर्णयहरु गरेर बाधा हालेका रहेछन् । महंगो, मंहगो रोगको उपचार निःशुल्क गर्दिएछन् र अहिले अर्बौ अर्बको बिल आएर हैरानी बनाएको छ ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया