पोखरा
स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डा गोविन्द केसीलाई साथ दिएको भन्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संचार माध्यमका सम्पादक प्रति असन्तुष्टि जनाएका छन् । केसीको अनशन प्रति ऐक्यवद्धता जनाएका सम्पादकको भेटघाट विधि सम्मत नरहेको उनले टिप्पणी गरे ।
‘यहाँ त कसैको अन्दोलन प्रति ‘स्वतन्त्र’का साथीहरु (सम्पादकहरु) गएर भेटघाट गरेका छन्,’ शनिबार पोखरामा सञ्चारकर्मीसँग बाँस्कोटाले भने, ‘स्वतन्त्र भन्ने सम्पादकहरु गएर भेटघाट होईन विज्ञप्ती नै जारी गरेका छन् । यो के स्वतन्त्रता भित्र पर्छ, मलाई नै सोधौ सोधौ लाग्छ ।’
सम्पादकहरुले केसीलाई भेटघाट गर्नु कुन ‘इथिकल सम्पादकीय भ्यालु’ भित्र पर्छ सोधौ सोधौ लागेको उनले बताए । सम्पादकहरुले गरेको भेटघाटको जवाफ आफुसँग नरहेको उनले बताए । ‘स्वतन्त्रताको कुरा गर्दा मर्यादाको पक्षधारिता भित्र पत्रकारिता हुन्छ वा हुँदैन ?’ उनको प्रश्न थियो । मन्त्री बाँस्कोटाले भेटघाट नभई सम्पादकले विज्ञप्ती नै जारी गरेको बताए । स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डा केसीले २७ दिनपछि विहीबार राती मात्र अनशन तोडेका थिए ।
वाम गठबन्धनको सरकार बनेपछि पत्रकार माथि आक्रमण बढेको हो भनेर संचारकर्मीले सोधेको जिज्ञाशामा संचारमन्त्री बाँस्कोटाले त्यो आरोपलाई सिधै अस्वीकार गरे । ‘वाम सरकार आएपछि संचारकर्मी माथि आक्रमण बढेको हो भन्ने प्रश्नमै गन्ध छ,’ उनले भने । बाँस्कोटाले पत्रकार माथि आक्रमण गर्नेले कुन सरकार हो भनेर नहेर्ने बताए ।
नागरिकबाट





























प्रतिक्रिया