प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गरेको देखाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई चेतावनी दिनु भएको छ । प्रधानमन्त्री ओलीले काँग्रेसले मुलुकलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाउनु भयो । उहाँले काँग्रेसले संसद अवरुद्ध पारेर जनताको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको दुःख हरण गर्दै लगेकोमा काँग्रेस आत्तिएको दावी पनि गर्नु भयो । उहाँले रेल ल्याउने, तुईन मुलुकभरबाटै विस्थापित गर्नेलगायतको कामलाई सरकारले तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि दोहो-याउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारले समयको अधिकतम सदुपयोग गरिरहेको दावी पनि गर्नु भयो । समय, बुद्धि, क्षमता, ज्ञानको सदुपयोग गरेर सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र र लोकतान्तिक आचरण र व्यवहार अनुसार अघि बढिरहेको दावी पनि गर्नु भयो ।





























प्रतिक्रिया