काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी बीच पौष पहिलो साता विवाद चरम उत्कर्षमा पुग्यो । "/>

रानीपोखरी पुनर्निर्माणमा महानगरका मेयर–उपमेयर फेरि दुई ध्रुवमा

रानीपोखरी पुनर्निर्माणमा महानगरका मेयर–उपमेयर फेरि दुई ध्रुवमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी बीच पौष पहिलो साता विवाद चरम उत्कर्षमा पुग्यो । त्यसको कारण थियो–रानीपोखरी पुनर्निर्माण ।

रानीपोखरी पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै उपमेयर खड्गीले पौष ११ गते रानीपोखरीको जमलतर्फको गेटमा ताल्चा लगाइन् । सोही दिन केही घण्टापछि मेयर शाक्य गएर ताल्चा काटे । दुई ध्रुवमा उभिएका मेयर र उपमेयरको विवादले विज्ञ समिति बनाएर रानीपोखरीको विवाद टुंग्यायो । विवाद टुङ्गिएपछि रानीपोखरीको पुनर्निर्माण थालेको भए यतीबेला आधा काम हुन्थ्यो । तर अहिलेसम्म रानीपोखरीको पुनर्निर्माण त भएन नै । अहिले आएर फेरि विवादको शृखंला शुरु हुने देखिएको छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारीमा महानगरका मेयर शाक्य जुटेका छन् । जनप्रतिनिधि आफैंले बनाउनुपर्छ भन्ने धारणामा उपमेयर खड्गी उभिएकी छिन् । यही कारणले गर्दा मेयर–उपमेयरमा खटपट समेत शुरु भएको बुझिन्छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने विषयमा मंगलबार रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालसँग महानगरका मेयर शाक्यले छलफल गरे । मेयर शाक्यले एकलौटी रुपमा रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाइ दिन गरेको तयारीमा भने उपमेयर खड्गी देखि स्थानीय तथा सम्पदाप्रेमी समेत सहमत देखिदैनन् ।

‘रानीपोखरी पुनर्निर्माण सेनालाई दिने भनेर बाहिरी रुपमा सुनेपनि मेयरले केही जानकारी गराउनु भएको छैन ,’ खड्गीले भनिन् ‘जनप्रतिनिधि आइसकेको अवस्थामा जनप्रतिनिधि आफैंले बनाउन सकिने अवस्थामा सेनालाई दिनु ठीक होइन ।’ मेयर शाक्यले एकलौटी रुपमा सेनालाई दिन गरेको तयारी बारे कार्यापालिका बैठकमा कुरा उठाउने उनले बताइन् । ‘जनप्रतिनिधि आएर भएको विवाद पनि टुंगिएर कसरी बनाउने भन्ने बारे एउटा खाका समेत बनिसकेको छ,’ उनले भनिन्, ‘हामी सबै कुराले सक्षम हुँदा हुँदै अहिले आएर सेनालाई किन पो दिनुपर्यो र ?’

महानगरले साउन भित्रै टेन्डर आवह्वान गर्ने समेत तयारी गरेको थियो । तर मेयर शाक्यले एकाएक सेनालाई दिने भनेर तयारी थालेपछि रानीपोखरीको विवाद झनै लम्बिने देखिन्छ । ‘सेनालाई दिनेकी भनेर छलफल भएको हो,’ मेयर शाक्यले भने, ‘आधिकारिक निर्णय भने भएको छैन ।’ उनका अनुसार अहिले छलफलकै क्रममा रहेकाले सेनाले पाउने वा नपाउने विषयमा भने केही भन्न सकिने अवस्था छैन । सेनालाई दिएपनि वा महानगरले नै पुनर्निर्माण थालेपनि चाँडै रानीपोखरीको पुनर्निर्माण थालिने मेयर शाक्यले दाबी गरे ।
नागरिकबाट

Logo