बुटवल

रुपन्देहीमा पहिलोपटक अवैध कल वाइपासको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । "/>

अवैध कल वाइपास गर्ने एक जना पक्राउ

अवैध कल वाइपास गर्ने एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बुटवल

रुपन्देहीमा पहिलोपटक अवैध कल वाइपासको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका ८ झुलेनीपुरका २८ वर्षीय रामप्रसाद न्यौपाने रहेका छन् ।

आफ्नै घरबाट अवैध कल वाइपास गरिरहेको अवस्थामा न्यौपानेलाई कल वाईपासमा प्रयोग गरिने सामानहरु ६४ पोर्टको भिओआइपी गेटवे एक थान, त्यसको चार्जर एक थान, टिपीलिङ्क राउटर एक थान, लेनोभो कम्पनीको ल्यापटप एक थान, त्यसको चार्जर, नोकिया कम्पनीको १ सय ३० मोडलको मोवाईल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेलाई इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

त्यस्तै प्रहरीले स्यामसुङ कम्पनीको ड्युज मोवाइल एक थान, एनटिसी सिमकार्ड १७ थान, एनसेल सिमकार्ड १७ थान, स्मार्ट सेलको सिमकार्ड १९ थान, फरक कम्पनीका २ थान मोडिएम पनि बरामद गरेको छ ।

अवैध कल वाइपासको अभियोगमा पक्राउ परेका न्यौपानेलाई प्रहरीले दूरसञ्चार ऐन अन्तर्गत कारवाही अगाडि बढाइएको र अभियोग पुष्टी भएमा विगो बमोजिम जरिवाना र ५ वर्ष कैद वा दुबै सजायँ हुने कानुनी व्यवस्था रहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo