काठमाडौं । डा. गोविन्द केसीले आफ्नो १५ औं अनसन तोडेका छन् । सरकारसँग ९ बुँदे सहमती भएपछि उनले २७ दिन लामो अनसन तोडेका हुन् ।
चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै डा. केसी अनसन बसेका थिए । सरकारले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनलाई उच्च प्राथमिकता दिंदै विधेयक संशोधन गर्ने भएपछि सहमति भएको थियो ।
सहमतिपछि नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
सहमतिपत्रमा डा. केसीले हस्ताक्षर गरेपछि नेकपाका नेता नेम्वाङ र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाले जुस खुवाएर अनशन तोडाएका थिए । यसअघि बिहिबार विहान पनि वार्ता भएको थियो तर सरकारले उपत्यकामा १० वर्ष कलेज खोल्न नपाउने केसीको माग सम्बोधन गर्न नसकिने बताएपछि वार्ता सहमति नजिक पुगेपनि असफल भएको थियो । सहमति अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन्।





























प्रतिक्रिया