रसुवा

रसुवा जिल्लाको टिमुरेमा पहिरो जाँदा बेपत्ता भएका मध्ये १ जनाको शव फेला परेको छ भने अन्य ८ जना हराइरहेका छन् । "/>

रसुवा पहिरो अपडेट : एक जनाको मृत्यु , अरु ८ जना बेपत्ता

रसुवा पहिरो अपडेट : एक जनाको मृत्यु , अरु ८ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

रसुवा

रसुवा जिल्लाको टिमुरेमा पहिरो जाँदा बेपत्ता भएका मध्ये १ जनाको शव फेला परेको छ भने अन्य ८ जना हराइरहेका छन् । सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको हो । १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । पहिरोमा परी दुई घर पुरिएका छन् । पुरिएको घरमा ७ जना फसेका हुन सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । घाइतेहरुको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अहिले पहिरोमा फसेकाहरुको उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ ।

रातिको समयमा उद्दार मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई जिल्ला अस्पताल तथा काठमाडौं रिफर गर्नका लागि अहिले तयारी भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण क्षतिको एकिन विवरण आउन नसकेको बताइएको छ ।

Logo