काठमाडौं

२६ दिन देखि अनशनरत प्रा डा गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनु पर्ने नयाँ माग राखेपछि आजका लागि तयार गरिएको सहमति टरेको छ। "/>

केसी पक्षको नयाँ अडानका कारण आजको वार्ता पनि सहमतीमा पुग्न सकेन

केसी पक्षको नयाँ अडानका कारण आजको वार्ता पनि सहमतीमा पुग्न सकेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

२६ दिन देखि अनशनरत प्रा डा गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनु पर्ने नयाँ माग राखेपछि आजका लागि तयार गरिएको सहमति टरेको छ।

राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा हाल प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा १० वर्ष सम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज स्थापना नगर्ने लगायत विषयमा प्राप्त सुझाव संशोधनमा राख्न सरकार लचिलो भए पनि केसी पक्षले नयाँ अडान राखेपछि आज सहमति हुन नसकेको हो। केसी पक्षले यसअघिको चिकित्सा शिक्षा अध्यादेशमा भएका विषय नछुटाई छोटो बाटोबाट पूरक विधेयक ल्याउन फरक माग गरेको थियो ।

सरकारका तर्फबाट प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा विज्ञको राजनीतिक परामर्शपछि अधिकार सहित सरकारी वार्ता टोली वार्तामा प्रस्तुत भएकामा केसी पक्षले नयाँ माग राखेका कारण सहमति हुन नसकेको हो।

डा केसीको १५ औँ अनशनको आज २६ औँ दिनमा सहमतिको अपेक्षा गरिएकामा वार्ता विफल भएपछि दुवै पक्षले चिन्ता प्रकट गरेका छन् ।
रासस

Skip This
Skip This
Logo