काठमाडौं

सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको छ । रेडियो फ्रिक्वेन्सी बाँडफाँट, क्षमता वृद्धि लगायत विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो । "/>

सरकारद्वारा नयाँ रेडियो, टेलिभिजनलाई इजाजतमा रोक

सरकारद्वारा नयाँ रेडियो, टेलिभिजनलाई इजाजतमा रोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको छ । रेडियो फ्रिक्वेन्सी बाँडफाँट, क्षमता वृद्धि लगायत विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयबाट नयाँ इजाजतमा रोक लगाएको हो।

मन्त्रालयले असार ३२ गते सूचना तथा प्रसारण विभागलाई पत्र लेख्दै नयाँ इजाजतपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयले एफएम रेडियो, टेलिभिजन र डिजिटल प्रसारणका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी, नयाँ प्रसारण इजाजतपत्र, क्षमता वृद्धि, प्रसारण केन्द्र स्थानान्तरण कार्य नगर्न विभागलाई निर्देशन दिएको छ ।

‘राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम एफएम रेडियो, टेलिभिजन, डिजिटल प्रसारणका लागि रेडियो फ्रिक्वेन्सी सहित जारी गरिने नयाँ प्रसारण इजाजतपत्र, फ्रिक्वेन्सी बाँडफाँट, क्षमता वृद्धि, प्रसारण केन्द्र स्थानान्तरण गर्ने सम्बन्धी कार्य अध्ययनका क्रममा रहेकाले अर्को निर्णय नभए सम्म उक्त कार्यहरू नगर्नु ,’ मन्त्रालयले विभागलाई लेखेको पत्रमा उल्लेख छ ।

रेडियो फ्रिक्वेन्सी वितरण सम्बन्धी अध्ययन भइरहेकाले केही समयका लागि इजाजतपत्र रोकेको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले बताए । ‘नयाँ फ्रिक्वेन्सी वितरण विषयमा मन्त्रालयले अध्ययन गरिरहेकाले केही समयका लागि इजाजतपत्र रोकिएको हो,’ प्रवक्ता समेत रहेका ढकालले भने, ‘सधैंका लागि होइन अध्ययन प्रतिवेदन आएपछि यो खुला हुन्छ ।’ अहिले नयाँ फ्रिक्वेन्सी चाहिने एमफएम रेडियो लगायतमा लाइसेन्स लिनेको चाप बढेकाले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए । रेडियो फ्रिक्वेन्सी मुलुकको एक स्रोत भएकाले यसको व्यवस्थापन गर्नु आवश्यक रहेको उनले औंल्याए ।
नागरिकबाट

Logo