काठमाडौं
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । उनले अरुलाई आरोप लगाउनु अघि आफ्नो पृष्ठभूमि नबिर्सिन चेतावनी समेत दिए ।
सोमबार पुष्पलालको ४० औं स्मृति सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष दाहालले कांग्रेसको नामै लिएर लोकतान्त्रिक भनिने शक्तिले गोविन्द केसीको हत्या गरेर लास माथि राजनीति गर्न चाहेको आरोप लगाएका थिए ।
दाहालको यो अभिव्यक्तिपछि कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटर मार्फत लासको राजनीतिको आरोप लगाउनु अघि आफ्नो व्यक्तित्वको उचाई र पृष्ठभूमि हेक्का राख्न सुझाव दिएका हुन् ।
‘डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पथ्र्यो कमरेड ? कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं । माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ?, शर्माले प्रश्न गरेका छन्– ‘लासको राजनीति आरोप लगाउनु अघि आफ्नो व्यक्तित्वको उचाई र पृष्ठभूमी हेक्का राख्नु पथ्र्यो कि कमरेड !? ’
नागरिकबाट































प्रतिक्रिया