काठमाडौँ

अनशनरत डा गोविन्द केसीको आन्दोलनमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन् । "/>

डा. केसीको पक्षमा सम्पादकहरुको ऐक्यवद्धता : माग सम्बोधन गर्न सरकारसँग अनुरोध

डा. केसीको पक्षमा सम्पादकहरुको ऐक्यवद्धता : माग सम्बोधन गर्न सरकारसँग अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अनशनरत डा गोविन्द केसीको आन्दोलनमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन् । आइतबार विज्ञप्ती जारी गरी केसीको अनशन लम्बिएकोमा उनीहरुले चिन्ता जनाएका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले यस अघि राखेका मागमा सरकारले सहमति गरेर पनि कार्यान्वयन नगर्दा १५ औं अनशन बस्नु परेको विज्ञप्तीमा उल्लेख छ । पटकपटकको लामो अनशनले केसीको जीवन संकटमा परेको भन्दै उनका माग सम्बोधन गर्न सम्पादकहरुले सरकारसँग माग गरेका छन् ।

विज्ञप्तीमा लेखिएको छ ‘पटकपटकको अनशन र लम्बिदो उपक्रमले डा केसीको जीवन नै संकटमा परेको छ । हामी डा. केसीको सत्याग्रह प्रति ऐक्यवद्धता जनाउँछौ । साथै उहाँका माग अविलम्व सम्बोधनका लागि जोडदार माग गर्दछौं ।’

नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वला देवकोटा सहित विभिन्न १४ सञ्चार माध्यमका सम्पादकहरुले विज्ञप्ती मार्फत केसीको आन्दोलन प्रति ऐक्यवद्धता जनाएका हुन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo