काठमाडौँ
देशको केन्द्रीय राजधानी रहेको प्रदेश ३ को प्रदेश राजधानी कहाँ रहने भन्ने विषय अहिले सकस छ । सम्भाव्यता अध्ययन समितिले समेत पाँच वटा जिल्लालाई राजधानीको सम्भावना भित्र राखेर सिफारिस गरेपछि कुन जिल्लालाई प्रदेश राजधानी बनाउने भन्नेबारे अन्योल रहेको हो ।
समितिले गत असार २६ गते प्रदेश ३ सभाका सभामुखलाई आफ्नो प्रतिवेदन बुझाउँदै सम्भावित जिल्लाहरूका बारेमा सिफारिस गरेको थियो । “नेपाली वर्णानुक्रम अनुसार नाम रहने गरि काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुरमा प्रदेशको राजधानी बनाउन उपयुक्त छ भनेर समितिले सिफारिस गरेका छौं । अब बाँकी निर्णय गर्ने अधिकार प्रदेश सभाको हो”, समितिका सभापति दीपक निरौलाले भने, “प्रदेश भित्रका १३ जिल्ला मध्ये काठमाडौँलार्इ छाडेर बाँकी १२ जिल्लामै २२१ वटा प्रश्न तयार गरी राजधानी सम्भावनाका बारेमा छलफल चलाएर प्रतिवेदन तयार गरिएको हो ।”
उनले प्रदेशको राजधानी नेपालको संविधानको धारा २८८ को उप धारा २ वमोजिम प्रदेश सभाको दुई तिहाई बहुमतका आधारमा प्रदेशको राजधानी तोकिने ब्यवस्था भएकाले सोही अनुसार निर्णय हुने पनि बताए ।





























प्रतिक्रिया