काठमाडौँ

प्रहरीले २२ केजी लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरीले मनहरी गाउँपालिका–८ बाट २१ केजी ९ सय ४० ग्राम चरेस सहित दुई जनालाई पक्राउ गरेको हो । "/>

घरमा लुकाइ राखेको २२ केजी चरेस बरामद

घरमा लुकाइ राखेको २२ केजी चरेस बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रहरीले २२ केजी लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरीले मनहरी गाउँपालिका–८ बाट २१ केजी ९ सय ४० ग्राम चरेस सहित दुई जनालाई पक्राउ गरेको हो ।

खोजतलास गर्दा स्थानीय ५० वर्षीय प्रेमकुमार मोक्तान र पर्सा जगरनाथपुर गाउँपालिका–४ बस्ने वर्ष ५१ का वासुदेव बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । मोक्तानको घर खानतलासी गर्दा प्लाष्टिकका झोलामा लुकाइराखेको लागुऔषध प्रहरीले फेला पारेको हो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo