पोखरा

प्रधानमन्त्री केपि शर्मा ओलि गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछी नेविसंघ कास्कीले विरोध स्वरुप कालो झन्डा देखाएका छन् । "/>

प्रधानमन्त्रीलाई पोखरामा कालो झन्डा : नेविसंघका विद्यार्थी पक्राउ

प्रधानमन्त्रीलाई पोखरामा कालो झन्डा : नेविसंघका विद्यार्थी पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरा

प्रधानमन्त्री केपि शर्मा ओलि गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछी नेविसंघ कास्कीले विरोध स्वरुप कालो झन्डा देखाएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मूल्यवृद्धि, ईन्टरनेट सेवामा लगाएको कर, पत्रकार माथिको हस्तक्षेप लगायतको विषयलाई तत्काल रोक्नु पर्ने माग सहित कालो झण्डा देखाएका हुन् । प्रदेशसभालाई सम्बोधन गर्न पोखरा आएका ओलीलाई उनीहरुले प्रदेशमा कालो झण्डा देखाएका थिए ।

सरकारले साउन १ गतेबाट लागू हुने गरि ईन्टरनेटमा १३ प्रतिशत र टेलिफोनमा २ प्रतिशत अतिरिक्त शुल्क वृद्धि गरेर नेपालीलाई दुःख दिने काम गरेको कारण प्रदर्शन गरिएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको बताउदै उनले ईन्टरनेट शुल्क तथा मुल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

तानाशाही ओली शासनले आम जनताको पसिना र रगत खाने काम भएको भन्दै डा.गोबिन्द केसिको जीवनरक्षा सहित विकासको नाममा जनताको विनास गर्न नहुने नेविसंघका विद्यार्थिले बताए । उखान टुक्का र छलकपटको भरमा देश नचल्ने बताउदै आन्दोलन थप चर्काउने उनीहरुले बताए । उता आफ्ना नेता तथा कार्यकर्ताले शान्तीपुर्ण आन्दोलन गर्दा समेत पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग सहित नेविसंघ पृथ्वीनारायण क्याम्पसले क्याम्पस अगाडि बिरोध गर्दा प्रहरीले हस्तक्षेप समेत गरेका थिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष भित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । ओलीले भने, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन पनि ।” प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्न समेत सम्बद्ध निकायलाई निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा विहिबार जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाल समाचारपत्रबाट

 

Skip This
Skip This
Logo