काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड नगरी विधेयकको रुपमा ल्याउन आग्रह गरेका छन् । "/>

देउवाले प्रधानमन्त्रीलाई भेटेर भने, विरोधको सामना गर्न तयार रहनुहोस्

देउवाले प्रधानमन्त्रीलाई भेटेर भने, विरोधको सामना गर्न तयार रहनुहोस्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड नगरी विधेयकको रुपमा ल्याउन आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले माथेमा कार्यादलको प्रतिवेदनको आधारमा जनभावना अनुरुप जारी गरेको अध्यादेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको एउटै मात्र समाधान भएको बताएका छन् । सरकारले तोडमोड गरेर विधेयक ल्याउन खोजे कांग्रेसको विरोधको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य स्थिती थप गम्भीर बन्दै गएको भन्दै प्रधामन्त्रीसँगको भेटमा चिन्ता व्यक्त गरेको देउवाले ट्विट गरेका छन् । उनले सरकारलाई डा केसीसँग तत्कालै वार्ता गरेर माग पुरा गर्दै जीवन रक्षा गर्नु सरकारको कर्तव्य भएकोबारे प्रधानमन्त्रीलाई सचेत गराएको उनले बताएका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको दबाबमा सरकारले कुनै पनि निर्णय नगर्ने दोहोर्याएका छन् । उनले आफूले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताए । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा उनले भने, “देशलाई कानून र विधिको शासनमा हिँडाउने प्रयत्न सरकारको छ ।”

“संविधान, नियम, कानून र विधि अनुसार सरकारले काम गर्छ, जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन,” प्रधानमन्त्री ओलीले भने “वर्तमान सरकारले देशलाई सही बाटोमा हिँडाइ सुशासन ल्याउन प्रतिबद्ध रहेको र त्यसबाट आफू बिचलित हुने छैन । उनले जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उल्लेख गर्दै सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी, सामाजिक न्याय हुन नदिनेले सरकारका विरुद्ध अफवाह फैलाएका छन्, पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नु पर्ने बताए ।

Logo