राष्ट्रपतिविरुद्ध फेसबुकमा लेखेको भन्दै ट्युनिसियामा एक मजदुरलाई मृत्युदण्ड सुनाइयो

राष्ट्रपतिविरुद्ध फेसबुकमा लेखेको भन्दै ट्युनिसियामा एक मजदुरलाई मृत्युदण्ड सुनाइयो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । एक ट्युनिसियाली नागरिकलाई राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार, उनीमाथि सामाजिक सञ्जालमार्फत राज्य सुरक्षामाथि आक्रमण गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

ट्युनिसियन लिग फर ह्युमन राइट्सका अध्यक्ष र उनका वकिलले शुक्रबार दिएको जानकारी अनुसार, यो फैसलालाई अचम्मलाग्दो भनिएको छ । राष्ट्रपति कैस सइदले सन् २०२१ मा लगभग सबै अधिकार आफ्नो हातमा लिएपछि अभिव्यक्ति स्वतन्त्रतामाथि कडाइ हुँदै गएको छ ।

मृत्युदण्ड पाउने व्यक्ति ५६ वर्षीय दैनिक ज्यालादार मजदूर साबेर चोउचाने हुन् । उनका वकिल उस्सामा बुथाल्जाले रोयटर्सलाई बताएअनुसार, उनी सामान्य नागरिक हुन् । औपचारिक शिक्षा कम भएका उनले पक्राउ पर्नुअघि केवल राष्ट्रपति विरुद्ध आलोचनात्मक पोस्ट लेख्दै आएका थिए ।

Logo