पूर्वराजाले दिए ‘माउन्ट केटू’आरोही नेपाली टोलीलाई बधाई

पूर्वराजाले दिए ‘माउन्ट केटू’आरोही नेपाली टोलीलाई बधाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटू’ को सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेका नेपाली टोलीलाई बधाई दिएका छन् ।

शुक्रबार उनले एक शुभकामना सन्देश जारी गर्दै सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको आरोहणको उच्च कदर गरेका छन् । ‘सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु । त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको अनुभूति मैले लिएको छु’, बधाई सन्देशमा भनिएको छ, ‘नेपाल विश्वका अनेकौँ उच्चतम हिमालको देश हो । अनकौँ साहसी आरोही र पथप्रदर्शक र प्रेरकको मुलुक हो ।’

हालै १० नेपालीले माउन्ट केटू हिमालको आरोहण गरी कीर्तिमानी राखेका थिए ।

Logo