गोविन्द केसीले प्रहरी कार्यालयबाटै सुरु गरे आमरण अनसन

गोविन्द केसीले प्रहरी कार्यालयबाटै सुरु गरे आमरण अनसन

केन्द्रबिन्दु
0
Shares

प्रहरीले पक्राउ गरेपछि डाक्टर गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामै आमरण अनसन सुरु गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न नदिएपछि उनले प्रहरी कार्यालयमै अनसन थालेका हुन् ।

यस अघि प्रतिष्ठानमा अनसन बस्न पुगेका केसीलाई रगत जाँच्न समेत भित्र जान दिइएको थिएन । उनी सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश माफियालाई फाइदा पुग्ने भन्दै असन बसेका हुन् ।

यसैबीच खलंगाका स्थानीयले उनलाई प्रतिष्ठानमै अनसन बस्न दिनुपर्ने भन्दै बिरोध प्रदर्शन गरिरहेका छन् ।

Logo