अनसन बस्न जाँदै गरेका डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न गएका केसीलाई निषेधित क्षेत्रमा अनसन बस्न नदिने शनिवार दिउँसो नियन्त्रणमा लिएको हो।
लगतै स्थानीयले प्रदर्शन गरेका थिए । डाक्टर केसीले अनसन सुरु भएको घोषणा गरेपछि प्रहरीले धरपकड गर्दै उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयभित्र लगेको हो।डाक्टर केसीले जुम्ला प्रहरी कार्यालयभित्रै अनसन बस्ने चेतावनी दिएका छन्।
जिल्ला प्रशासन कार्यालयको दुई सय मिटर वरपर अनसन, धर्ना र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र तोकिएको थियो।





























प्रतिक्रिया