भारी बर्षा हुन् सक्ने, सतर्क रहन आग्रह

भारी बर्षा हुन् सक्ने, सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

सरकारले देशभर मनसुन सक्रिय रहेकाले सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले बिशेष गरि चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । त्यस्तै जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले पनि एक सूचना जारी गर्दै वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान गरेको छ ।

नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु भोलि (आइतबार)देखि सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन िवभागले अनुरोध गरेकाे छ ।
आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान छ । त्यसैले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बस्नेहरुले सोमबारसम्म सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।

कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा पनि बहाब बढ्दो क्रममा छ । तर यी नदीहरुमा शनिबार नै खतराको तह पार गर्ने सम्भावना भने कम रहेको सूचनामा उल्लेख छ ।

Logo