काठमाडौं

साँढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । "/>

वीरगन्जका राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा

वीरगन्जका राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

साँढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । दारुका आफैँले अहिले सम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् । नेपाली बजारमा अहिलेको भाउ अनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पर्छ ।

समितिले उनलाई मंगलबार दरबारमार्गस्थित होटेल अन्नपूर्णबाट पक्राउ गरेको थियो । समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार उनले तस्करी गरेको सुनको यो परिमाण १०–१२ वर्ष देखिको हो । एसएसपी लामाले भने, ‘उनको बयान लिने क्रम सुरु भएको छ । बयानकै क्रममा उनले पटकपटक गरी अहिलेसम्म ६ क्विन्टल सुन तस्कर गरेको स्विकार गरेका छन् । विगत १०–१२ वर्ष देखि उनी सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।’

दारुकाले एमके अग्रवाल, विमल पोद्दार, राजेन्द्र शाक्य, भुजुङ गुरुङसँग सुन लिने र वीरगन्ज नाका हुँदै भारतीय बजारमा लगेर बेच्ने गरेको छानबिन समितिले जनायो । समितिका सदस्य एसएसपी लामाले भने, ‘दारुकाले विभिन्न व्यक्तिसँग तस्करीका लागि सुन खरिद गर्ने गरेको देखिन्छ । अहिलेसम्म एमके, भुजुङ, पोद्दार, आरके ज्वेलर्स लगायत समूहसँग कारोबार गरेको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । बाँकी तथ्य खुल्दै जाला ।’
नयाँ पत्रिकाबाट

Logo