नुवाकोट

अविरल वर्षासँगै आएको पहिरोले रसुवामा बुधबार साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ । "/>

रसुवाको राम्चेमा पहिरोले कन्टेनर र जिप बगायो

रसुवाको राम्चेमा पहिरोले कन्टेनर र जिप बगायो

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

अविरल वर्षासँगै आएको पहिरोले रसुवामा बुधबार साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ । पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्ड अन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापाले जानकारी दिए ।

चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नं. को कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नं. को जिपलाई पहिरोले बगाएकाले उद्धारको प्रयास भइरहेको उनले बताए । उनका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि रोकिएका उक्त दुई गाडी बगाए पनि त्यसमा सवार यात्रु ओर्लिएको समयमा परेकाले सबैजना सुरक्षित रहेका छन् । पहिरोले सडक अबरुद्ध बनाएपछि चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग बन्द भएको छ ।

वेत्रावतीबाट सिधै रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड गत चैत ३० देखि सञ्चालनमा आएपनि पहिरो र सुरक्षाको कारण देखाएर यातायात सञ्चालनमा रोक लगाइँदा दुई देश जोड्ने सडक मार्ग ठप्प भएको हो ।
रासस

Logo