चेपाङ बिद्यार्थीहरुलाई सहयोग

चेपाङ बिद्यार्थीहरुलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको भिमफेदी गाँउपालिका २ स्थित पोखरी प्राविमा अध्ययनरत सिमान्तकृत चेपाङ जातिका वालवालिकालाई लत्ताकपडाका लागि नगद र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बीच अति विपन्न चेपाङ विद्याथीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका लागि चुनियाँबाट करिव दुइ घण्टा उकालो चढेर काठमाडौंदेखि आएका सहभागीहरु पुगेका थिए । स्थानीय अविभावक तथा विद्यार्थीहरुबाट उनीहरुलाई विद्यालयमा भव्य स्वागत पनि गरिएको थियो ।

कार्यक्रममा तत्कालिन एमालेका मकवानपुर जिल्ला सचिवालय सदस्य, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव एवं वरिष्ठ समाजसेवी रामचन्द्र बल, सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्द चौंलागाँइ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनमाया थोकर, पुर्व अध्यक्ष भिमबहादुर थोकर, प्रधानअध्यापक मेमबहादुर थोकर, एमालेका स्थानीय युवा नेता शिवहरी बर्तौला लगायतको सहभागीता थियो ।

सञ्चार केन्द्र नेपालको पहलमा प्रदान गरिएको नगद तथा शैक्षिक सामग्री कार्यक्रमका प्रमुख अतिथि बलले विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

Skip This
Skip This
Logo