जनकपुर

प्रदेश नामकरणका विषयमा प्रदेश २ को सरकारले राजनीतिक सहमतिको प्रयास थालेको छ । "/>

प्रदेश नं. २ को नाम मधेस प्रदेश राख्ने तयारी

प्रदेश नं. २ को नाम मधेस प्रदेश राख्ने तयारी

केन्द्रबिन्दु
0
Shares

जनकपुर

प्रदेश नामकरणका विषयमा प्रदेश २ को सरकारले राजनीतिक सहमतिको प्रयास थालेको छ । प्रदेश नामाकरण सम्बन्धी मस्यौदा विधेयकबारे छलफल थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

अधिकांश विधेयक सदनमा टेबल भइसकेकाले अब प्रदेश नामाकरणबारे पनि मन्त्रिपरिषद्बाट छलफल सुरु गरिएको भौतिक पूर्वाधार तथा योजनामन्त्री जितेन्द्र सोनारले बताए । उनका अनुसार प्रदेश नामकरणको सवालमा मन्त्रीस्तरमा समझदारी समेत भइसकेको छ । मन्त्रीहरूबीच प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्ने समझदारी भएको मन्त्री सोनारले बताए । मधेस आन्दोलनबाटै यो प्रदेश सरकार गठन भएकाले नाम मधेस प्रदेश राख्ने तयारी रहेको उनको भनार्इ छ ।

‘तर नामकरणका लागि दुईतिहाइ बहुमत चाहिन्छ’, उनले भने, ‘त्यसैले पहिलो चरणमा सबै दलसँग अनौपचारिक छलफल थालिएको छ ।’ सहमति लगत्तै प्रदेश नामाकरण विधेयक पेस गर्ने गृहकार्य भइरहेको उनले बताए । कृषिमन्त्री शैलेन्द्र साहले प्रदेश नामाकरणका विषयमा विधेयक मस्यौदा भइसकेको जानकारी दिए । उनका अनुसार मस्यौदा विधेयक माथि सबै दलसँग सहमति भइकेपछि सदनमा प्रस्तुत गर्ने सरकारको तयारी छ । प्रदेशको नामाकरण र भाषामा छलफल केन्द्रित रहेको उनको भनार्इ छ ।
अन्नपूर्णबाट

Logo