काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनु पर्नेमा जोड दिएका छन् । "/>

नेपालमा भारत र चीनको रेल अनुदानमा मात्रै ल्याउनुपर्छ : डा महत

नेपालमा भारत र चीनको रेल अनुदानमा मात्रै ल्याउनुपर्छ : डा महत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनु पर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धिको समिक्षा गर्न शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘नेपालले आफैं रेल निर्माण गर्न सक्दैन्, हाम्रा आफ्नै आन्तरिक आवश्यकताहरु धेरै छन्, ती आवश्यकत्ताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन, बनाए चिनियाँ अनुदानमा बनाउने हो, ऋणमा त हामीले बनाउन सक्दैनौं, साझेदारीमा पनि बनाउन सक्ने अवस्थामा हामी छैनौं, किनकी हामी ऋण तिर्न सक्दैनौं ।’

नेता महतले ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरु केहीपनि नभएको जिकिर गरे । उनले भने, ‘रेलको सम्झौता नयाँ होइन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशन मार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्धिपक्षीय सम्झौताहरु पनि भएका थिए ।’

यद्धपी उनले नेपालमा रेल आउनु राम्रो कुरा भएको बताए । उनले भने , ‘तर कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो, यसको लागि लगानी ठूलो लाग्छ, झण्डैझण्डै हाम्रो नेपालको एक वर्षको पुँजीगत खर्च भन्दा धेरै लाग्छ, त्यसैले हामीले अहिले आन्तरिक प्राथमिकताहरुमा नै बढी जोड दिनुपर्छ ।’ उनले नेपाल सिमित स्रोत र साधन भएको मुलुक भएकोले अहिले आन्तरिक आवश्यकताहरु पूरा गर्नतिर बढी केन्द्रित हुनुपर्ने धारणा राखे । उनले थपे, ‘रेल निर्माण जस्तो पूर्वाधार विकासबाट प्रतिफल लिनको लागि धेरै समय कुनुपर्छ ।’

नेता महतले चीनसँगमात्रै नभएर भारतसँग पनि रेल बनाउनेबारे नेपालले दुवै देशका नेतृत्वलाई अनुदानमा बनाउन आग्रह गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय रेल ल्याउने कुरा गर्नुभयो, उहाँसँग पनि हामीले अनुदानमै रेल ल्याउनको लागि आग्रह गर्नुपर्छ, नेपालको आन्तरिक क्षमताले रेल निर्माण गर्न सकिँदैन्।’ दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रुपमा सक्षम भएकोले नेपाल जस्तो मित्रराष्ट्रलाई रेल ल्याएर गिफ्ट गर्नुपर्ने उनको भनाई छ ।
नागरिकबाट

Skip This
Skip This
Logo