कपिलवस्तु
अत्याधिक गर्मीका कारण कपिलवस्तुमा बिहीवार २ जनाको मृत्यु भएको छ । कपिलवस्तको कृष्णनगर नगरपालिकाकी ७० बर्षीया सुशीला चौबे र बुद्धुभमी नगरपालिकाको गोरुसिंगेमा ६० बर्षे टीका अधिकारीको मत्यु भएको प्रहरीले जनाएको छ ।
सोनाहवा गाउँबाट आफनो घर बसन्तपुर जाने क्रममा दिउँसो ३ बजेतिर बाटोमा हिड्दा हिड्दै लडेर अचेत बनेकी सुशीलाको उपचारका लागि नजिकैको स्वास्थ्य चौकी बसन्तपुरमा पुर्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । शव आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।
यस्तै बिहीवार दिउँसो बुद्धुभुमी नगरपालिकाको साप्ताहिक हाट बजार लाग्ने स्थान गोरुसिंगेमा पनि भरतपुर उप महानगरपालिका १४ का ६० बर्षे टीका अधिकारीको मृत्यु भएको छ । गोरुसिंगे स्थित बुटवल रुपन्देही होटलमा कार्यरत अधिकारी पनि अचानक अचेत बनी ढलेका थिए । उपचारका लागि तौलिहवा अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । जेठ तेस्रो साता यता जिल्लाका अध्याधिक गर्मीले जनजीवन कष्टकर बनेको छ ।
नागरिकबाट





























प्रतिक्रिया