बेइजिङ

रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण प्रक्रियालाई गति दिने गरी नेपाल र चीनबीच द्विपक्षीय सम्झौतामा बिहिबार हस्ताक्षर भएको छ । "/>

रसुवागढी–केरुङ रेलमार्गः डिपिआरका लागि सम्झौता

रसुवागढी–केरुङ रेलमार्गः डिपिआरका लागि सम्झौता

केन्द्रबिन्दु
0
Shares

बेइजिङ

रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण प्रक्रियालाई गति दिने गरी नेपाल र चीनबीच द्विपक्षीय सम्झौतामा बिहिबार हस्ताक्षर भएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन भइरहेको सो रेलमार्ग निर्माण अगाडि बढाउने विषयमा नेपाली र चिनियाँ अधिकारीबीच बिहिबार बेइजिङमा ०७२ मा भएको व्यापार र पारवहन सहमतिका आधारमा द्विपक्षीय सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उनका चिनियाँ समकक्षी लि सियोपिङले हस्ताक्षर गरे । रेल विभागले पठाएको कागजातका आधारमा नै सम्झौता भएको जनाइएको छ ।

विभागका अधिकारीले सम्झौतालाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्यमा मार्गप्रशस्त भएको बताएका छन् । सम्झौतापछि डिपिआर तयारीका लागि मार्गप्रशस्त भएको विभागका महानिर्देशक अनन्त आचार्यको भनार्इ छ । डिपिआरका लागि नै करीव तीन अर्ब भन्दा बढी खर्च हुने छ । उक्त रेलमार्गको लागत करीव चार खर्ब रहने प्रारम्भिक अनुमान गरिएको छ ।

चिनियाँ प्राविधिक टोलीले गत जेठ ६ गते देखि रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । गत वैशाख १५ गते सो रेलमार्गका बारेमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनमा नै पूर्वसम्भाव्यता अध्ययनका लागि प्रारम्भिक सहमति भएको थियो । सोही सहमतिका आधारमा चिनियाँ प्राविधिकले रेलमार्गको अध्ययन गरेका थिए । रेल विभागका अनुसार सो रेलमार्गको प्रारम्भिक अध्ययन आगामी भदौको पहिलो सातासम्म सम्पन्न गरिने तयारी छ ।

नेपाली सीमा रसुवागढी देखि काठमाडौँ सम्मको रेलमार्ग करीब ८० किमी लामो हुनेछ । करीब एक घन्टाको यात्रामा रसुवागढीबाट काठमाडौँ आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ल्हासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ । रेलमार्गमा सुरुङ र पुलको संख्या बढी हुनेछ । रसुवागढी–काठमाडौँ रेलमार्गमा ६ वटा सम्म स्टेशन रहने बताइएको छ ।

प्रारम्भिक अध्ययन सकिएपछि रेलमार्गका लागि डिपिआर तयार गरिने छ । सोही रेलमार्ग काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जाने तथा अर्को लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ । काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट र रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता के हुन्छ भनेर प्रतिवेदन तयार पार्ने काम जारी छ । सरकारले आगामी आवका लागि सार्वजनिक गरिसकेको बजेट तथा नीति र कार्यक्रममा रसुवागढी–काठमाडौँलगायत रेलमार्ग निर्माण गर्ने विषय समावेश गरेको छ ।
रासस

Logo