काठमाडौँ

कांग्रेस जिल्ला सभापतिहरूको भेला मंगलबार देखि हेटौँडामा सुरु हुँदैछ । निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समय अघि बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो । "/>

कांग्रेस जिल्ला सभापतिको भेला हेटौडामा शुरु

कांग्रेस जिल्ला सभापतिको भेला हेटौडामा शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कांग्रेस जिल्ला सभापतिहरूको भेला मंगलबार देखि हेटौँडामा सुरु हुँदैछ । निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समय अघि बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो ।

समीक्षा बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझाबका लागि जिल्ला सभापतिहरूको भेला आह्वान गरेको थियो । आगामी भदौमा महासमिति बैठक पनि बोलाइएको छ । भेलामा जिल्ला सभापतिहरूले निर्वाचनमा पराजय भोग्नुको कारण, तल्ला तहका कार्यकर्ताको सुझाब र गुनासो, पार्टीको विधान संशोधनबारे धारणा राख्नेछन् । ७ असार सम्म चल्ने भेलामा केन्द्रीय कार्यसमितिका सदस्य, ७७ जिल्लाका सभापति सहभागी हुँदैछन् ।

१३ औँ महाधिवेशनमा ७५ मध्ये झन्डै ४० जिल्लामा आफू पक्षधर सभापति जिताउन सफल भए पनि पछिल्लो समय संस्थापन पक्षसँग ३२ जिल्ला सभापति मात्रै देखिएका छन् । भेलामा जिल्ला सभापतिहरूले पक्ष र विपक्षमा गर्ने बहसले नेतृत्वलाई अप्ठ्यारोमा पार्न सक्छ ।

संख्यात्मक रूपमा पनि संस्थापन पक्षसँग भन्दा पौडेल र सिटौला पक्षसँग धेरै सभापति छन् । संस्थापनसँग ३२ जिल्ला सभापति हुँदा पौडेल पक्षसँग ३७ र सिटौला पक्षसँग ६ छन् ।नेविसंघ, महिला संघ र तरुण दलमा पनि सिटौला पक्षले संस्थापनलाई साथ दिँदा यी महत्वपूर्ण भ्रातृ संस्थामा देउवा पक्षले पकड जमाए । तर स्थानीयतह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि सिटौला संस्थापन देउवासँग टाढिँदै गएका छन् ।

उनी पौडेलसँग नजिकिएका छन्  । पौडले र सिटौला मिलेपछि केही भ्रातृ÷शुभेच्छुक संस्थामा देउवा पक्षले हार समेत बेहोरिसकेको छ । पौडल र सिटौला नजिकिएको असर शिक्षक संघ, कर्मचारी, इन्जिनियरको संस्था र ट्रेड युनियनसम्म परेको छ । यी चार वटैमा देउवा पक्षले नराम्रोसँग हार बेहोरेको छ ।
नयाँ पत्रिकाबाट

 

Logo