चितवन

चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ–मुग्लिन सडकको जलविरेमा ठुलो पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । "/>

नारायणगढ–मुग्लिन सडकको जलविरेमा पहिरो खसेसँगै सडक अबरुद्ध

नारायणगढ–मुग्लिन सडकको जलविरेमा पहिरो खसेसँगै सडक अबरुद्ध

केन्द्रबिन्दु
0
Shares

चितवन

चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ–मुग्लिन सडकको जलविरेमा ठुलो पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । ठुलो पानी परिरहेका कारण बेलुका ६ बजे देखी लगातार पहिरो खसिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो खसेपछि चितवनबाट मुग्लिनतर्फ गएका गाडीहरु जुगेडीमा रोकिएका छन् भने काठमाडौं, पोखराबाट आएका गाडीहरु मुग्लिनमा नै रोकिएको छ । पहिरो खस्न रोकिएपछी पन्छाउने काम शुरु हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेद प्रसाद गौतमले जानकारी दिए ।

बर्खायाम शुरु भएसंगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको त्रास बढेको छ । सो सडक भएर यात्रा गर्नेले सजक भएर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo