काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ गते देखि गर्न लागेको चीन भ्रमणका क्रममा थप नाका खोल्नका लागि पहल गर्न नयाँ शक्ति पार्टीले आग्रह गरेको छ ।
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले कैलाश जाने गोरखाको झालाङ र राईलगायत ओलाङचुङ्गोला, किमाथांका, लामाबगर, लार्के, मनाङ, मुगु, हिल्सा लगायतका नाका पूर्व सहमति अनुसार २० किमी सम्म स्थानीय एकअर्काका क्षेत्रसम्म जान पाउने गरी खोल्न चिनियाँ पक्षसँग आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
यस्तै हिमालपार रेलमार्गको विषयमा समेत स्पष्ट छलफल गर्न डा भट्टराईले आग्रह गरेका छन् । भौगोलिक विषमताका कारण उच्च प्राविधिक अध्ययन गर्न आग्रह गर्दै उनले अनुदान बाहेक ऋणमा रेलमार्ग निर्माण गर्ने विषय सहज हुने वा नहुने भन्ने विषयमा छिमेकी राष्ट्रको अनुभव समेत नेपालका लागि उपयोगी हुने सुझाव दिएका छन् ।
यस्तै अघिल्लो भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा विशेष ध्यान दिन सहमति कार्यान्वयनका लागि समयावधि निर्धारण गर्न समेत डा भट्टराईले आग्रह गरेका छन् ।
रासस





























प्रतिक्रिया