अर्जेन्टिना भर्सेस आइसल्याण्डः मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्

अर्जेन्टिना भर्सेस आइसल्याण्डः मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत अहिले अर्जेन्टिना र आइसल्याण्डबीचको खेलमा अहिले दोस्रो हाफको खेल जारी रहेको छ । दोस्रो हाफको६३ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर लियोनल मेस्सीले त्यसको सदुपयोग गर्न सकेनन् । मेस्सीले प्रहार गरेको पेनाल्टी आइसल्याण्डका गोल किपर रोके ।

खेलको पहिलो हाफ १—१ को बराबरीमा सकिएको थियो । पहिलो हाफको १९ औं मिनेटमा सर्जियो अग्वेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए । आइसल्याडका अल्फ्रेड फिनबोगासन २३ औं मिनेटमा बराबरी गोल गरेका थिए । खेलमा मेस्सीले सटक प्रहार गरेपछि गोल पोष्टमा छिराउन सकेनन् ।

Logo