रुसमा जारी विश्वकप २०१८ मा पहिलो पटक भिआरले औपचारिक फैसला गरेको छ । अहिले जारी अष्ट्रेलिया र फ्रान्सबीचको खेलमा भिआर फैसला अनुसार फ्रान्सले पेनाल्टी पाएको हो ।
अहिलेसम्म फ्रान्स र अस्ट्रेलिया दुबैले १/१ गोल गरेको छ । फ्रान्सले ५८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । लगतै अष्ट्रेलियाका जेडिकनले बराबरी गोल गरेका छन् ।
प्रतिक्रिया