काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका नेताहरुले प्रदेश नं ३ को सरकारले यस क्षेत्रको नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन् । "/>

प्रदेश नं. ३ को नाम नेपाल मण्डल हुनुपर्नेमा जोड

प्रदेश नं. ३ को नाम नेपाल मण्डल हुनुपर्नेमा जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका नेताहरुले प्रदेश नं ३ को सरकारले यस क्षेत्रको नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन् । नेपाल भाषामा प्रकाशित हुने नेवा अनलाइन न्यूजको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित ‘नेवा आन्दोलनको मुद्दा र आजको दिशा’ विषयक विचार गोष्ठीमा उनीहरुले प्रदेश नं ३ को नाम नेपाल मण्डल राख्नुपर्ने माग गरेका हुन् ।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले उत्पीडित तथा जनजातिको माग संविधानमा अझै समेटिन नसकेको बताँउदै दुई तिहाइ कम्युनिष्टहरुको उपस्थिति रहेको संघीय सरकारले चाहेमा ३ नं प्रदेशको नाम नेपाल मण्डल घोषणा गर्न सक्ने तथा जनजाति तथा उत्पीडित वर्गलाई समावेशी प्रतिनिधित्व गराउन सक्ने बताए ।

नेपाली काँग्रेसका महासमितिका सदस्य तीर्थराम डंगोलले विभिन्न दलमा रहेका नेवार समदायहरु एक हुन सकेमा नेवारहरुले आफ्नो हक तथा अधिकार खोसेर लिन सक्ने धारणा व्यक्त गरे ।
रासस

Skip This
Skip This
Logo