३ लाख ६ हजार घुससहित २ जना रंगेहात पक्राउ

३ लाख ६ हजार घुससहित २ जना रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज घुस रकमसहित २ जनालाई रंगेहात पक्राउ गरेको छ ।

अख्तियारले वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालय ताहाचलमा कार्यरत सवारी चालक दामोदर रेग्मीलाई ६ हजार रुपैया घुससहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो ।

त्यस्तै अख्तियार कार्यालय बुटवलबाट गएको टोलीले सेक्टर बन कार्यालय,चन्द्रौटा कपिलबस्तुमा कार्यरत सहायक वन अधिकृत ब्रह्मदेव महतोलाई ३ लाख रुपैया घुससहित पक्राउ गरेको छ । उनीहरुको बारेमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Logo