चितवन
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन् ।
पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ७३९२ नम्बरको माइक्रोबस र काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक शुक्रबार बिहान ७ः२० बजे एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माइक्रोबसमा सवार दुई पुरुष र एक महिला रहेपनि उनीहरुको सनाखत हुन नसकेको चितवन प्रहरी प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए ।
घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया