संखुवासभा
संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फोट गराएको छ ।
गए राति पौने १ बजे तिर तीन वटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्यामकुमार सारु मगरले बताए । उनले बिष्फोट गराइएको ठाउँमा तीन वटा खाडल भेटिएकाले ३ वटा बम बिष्फोट गराइएको हुन सक्ने बताए ।
आयोजनाको परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको छ । यस अघि वैशाख १६ गते कम्पाउन्ड वालमै क्षेती पुग्ने गरी बम बिष्फोट गराइएको थियो । अहिले सम्म दुई वटै घटनाको जिम्मा कसैले पनि लिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया