काठमाडौँ

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नु नपर्ने भन्दै व्यंग्य गरे । "/>

राजधानीका बजारमा खानै नहुने खाद्यवस्तु फेला

राजधानीका बजारमा खानै नहुने खाद्यवस्तु फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नु नपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’ ओलीको भनार्इ थियो ।

यो भनार्इ बजारमा बिक्रीवितरण हुने अखाद्य वस्तुको विकृति प्रति लक्षित थियो । माछामा प्रयोग गर्ने फर्मालिनले मानव स्वास्थ्यमा असर पुर्याउने भएकाले बजारको बेथितिबारे प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री ओलीको भनार्इले अहिलेको बजारको अवस्थालाई प्रतिनिबिम्बित गर्छ । माछा मात्र नभएर अहिले बजारमा बिक्रीवितरण हुने खाद्यवस्तुमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन भेटिएका छन् ।

बाबा भेजिटेबल आयल उद्योगले उत्पादन गरेको सोयाबिन आयलमा पेरोक्साइड भ्यालु बढी भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा उक्त तेलमा मानव स्वास्थ्यमा असर पर्ने दूषित तत्व भेटिएको हो । बाबा तेल मात्र नभएर कुसुम आयल, बागमती, स्वस्तिक, आरती लगायतका खाना पकाउने तेल दूषित र गुणस्तरहीन भेटिएको गुण नियन्त्रण विभागले जनाएको छ । गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौला सम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् ।

तेल मात्र नभएर खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, मासु, पानी, दूध, मिठाईंमा पनि मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर बिक्री वितरण गरेको भेटिएको छ । एसियन थाई फुड्सले उत्पादन गरेको तयारी चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी भएकाले न्यून गुणस्तर भएको विभागले जनाएको छ ।

हनुमान ड्रिङकिङ वाटरमा मेसोफिलिक काउन्ट र रारा पानीमा पिए बढी भेटियो भने कतिपय कम्पनीको दूधमा दिसामा हुने तत्व कोलिफर्म भेटिएको छ । दैनिक उपभोग्य वस्तुको नमुना संकलन गरेर प्रयोगशालामा गरिएको परीक्षण गर्दा दूषित र गुणस्तरहीन भेटिएको विभागले जनाएको छ ।विभागले गरेको अनुगमनमा वैशाखमा मात्र करिब १७ उद्योगका उत्पादन गुणस्तरहीन भेटिएका छन् । तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दुषित र गुणस्तरहीन भेटिएपछि विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo