सुर्खेत

कर्णाली प्रदेश सरकारले शनिबार आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । "/>

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत : प्रतिव्यक्ति आय दुई हजार डलर

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत : प्रतिव्यक्ति आय दुई हजार डलर

केन्द्रबिन्दु
0
Shares

सुर्खेत

कर्णाली प्रदेश सरकारले शनिबार आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले हिजो प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा विकास र सुशासनसहितको समृद्ध कर्णाली प्रदेशका लागि शान्ति, समृद्धि र समतामूलक समाज निर्माण मार्फत न्यायपूर्ण एवं समावेशी समाजवादी व्यवस्थाको आधार तयार गर्ने परिकल्पना राखिएको छ । अठार पृष्ठ लामो १७५ बुँदे नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “१० वर्ष भित्र कर्णाली प्रदेश समृद्ध बन्नेछ । जनताका आकाङ्क्षा, आवश्यकता, आवाजमा आधारित वैज्ञानिक योजना निर्माण र त्यसको कार्यान्वयनको माध्यमबाट आगामी पाँच वर्षमा कर्णालीका जनताको प्रतिव्यक्ति आय दुई हजार १०० डलर पु¥याइने छ ।”

‘सडक पूर्वाधारबिना विकासको ढोका खुल्दैन’ भन्ने अनुभवलाई आधार बनाएर सडक मार्ग नजोडिएका हुम्ला र डोल्पा सदरमुकामसम्म सडक एक वर्ष भित्र जोड्ने, नेपाल सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय सीमा जोड्ने सिमिकोट–हिल्सा, गमगढी–नाग्चेलाग्ना, दुनै–मोरिम्ला सडकलाई उच्च प्राथमिकता दिने प्रदेश सरकारले नीति ल्याएको छ ।
रासस

Skip This
Skip This
Logo