काठमाडौँ

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्ट पार्टीका नेताहरूको क्रियाकलाप सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको बताएका छन् । "/>

कम्युनिस्ट सामाजिक फाँसीवादतर्फ उन्मुख : पौडेल

कम्युनिस्ट सामाजिक फाँसीवादतर्फ उन्मुख : पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्ट पार्टीका नेताहरूको क्रियाकलाप सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको बताएका छन् । प्राध्यापक पिताम्बर शर्मा दाहालद्वारा लिखित ‘मेरो रिमरिमे सम्झना’ को शनिबार राजधानीमा विमोचन गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनपछि सत्तामा पुगेका कम्युनिस्ट नेताहरूमा देखिएको असीमित महत्वाकांक्षा र भोगको आशक्तिले मुलुकमा नयाँ संकट आउने संकेत देखिएको दाबी गरेका हुन् ।

कम्युनिस्टका कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भयो भन्ने अवस्था नरहेको दाबी गर्दै पौडेलले भने, ‘दायाँ र बायाँ दुवैतिरबाट संघीय लोकतान्त्रिक गणतन्त्र माथि खतरा छ । यो सुरक्षित छ भनेर ढुक्क हुने अवस्था छैन ।’ संविधानसभाबाट जारी संविधान कार्यान्वयन गर्नुको साटो सरकार शासकीय स्वरूप परिवर्तनको विषय उठाएर मुलुकलाई अस्थिरतामा धकेल्न लागि परेको आरोप पौडेलले लगाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने धोको पूरा गर्न फेरि ७० वर्षपछि टुंगो लागेको शासन व्यवस्था परिवर्तनको कुरा गरेर अस्थिरता निम्त्याउन खोजेको पौडेलको आरोप थियो । ‘व्यक्तिको महत्वाकांक्षाले मुलुकमा नयाँ संकट निम्त्याउन सक्छ,’ पौडेलले भने, ‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार दुईतिहाइ जुटाउन लाग्नु बाघ कराउनु र बाख्रा हराउनु एकैपटक भएको छ । त्यसले मुलुकको हित गर्दैन ।’ फेरि कार्यकारी राष्ट्रपतिको कुरा गरेर नेपाललाई प्रयोगको थलो नबनाउन आग्रह गर्दै पौडेलले भने, ‘संसदीय शासन प्रणाली नै सबैभन्दा सन्तुलित व्यवस्था हो ।’
नागरिकबाट

Skip This
Skip This
Logo