काठमाडौँ

वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई शनिबार उनको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ । "/>

जन्मस्थल पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा देवकोटा

जन्मस्थल पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा देवकोटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई शनिबार उनको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ । पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका डा देवकोटाको इच्छा बमोजिम दिउँसो गोरखा जन्मघर पु¥याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ ।

डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उनीसँगै गोरखा गएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पु¥याइएको थियो ।

उनले भने, “डा देवकोटालाई घरतर्फ लैजाँदै गर्दा आफूले पढेको लुर्इँटेल स्कुल पनि हातको इशाराले देखाएका थिए , त्यहाँ पुगेपछि उनीमा छुट्टै खालको खुशी, उत्साह देखिन्थ्यो, चार/पाँचसयको संख्यामा मानिस उहाँलाई हेर्न जम्मा भएका थिए ।”
रासस

Logo