नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीले काठमाण्डौ उपत्यकामा एक दिने इन्जिनियरिङ एक्जिविसन गरेका छन् ।
सनिबार राजधानीमा भएको इन्जिनियरिङ एक्जिविसनमा नया नया आविष्कारमा लागेका इन्जिनियरिङ अध्ययनरत विद्यार्थी सहभागी भए । विद्यार्थीले आ आफ्नो आविष्कारलाई उत्साहका साथ प्रर्दशन गरे ।
विशेष गरेर लघु जलविद्युत् आयोजनामा प्रयोग गरिने प्रविधि, आर्किटेक्चर, सिभिल इन्जिनियर लगायतका नया आविष्कारहरु प्रर्दशनिमा राखिएको छ । त्यसैगरी, बाँधबाट नदी नियन्त्रणको साथै सिंचाईको प्रवन्ध मिलाउने नमुना, मेडिकल एपहरु तथा शैक्षिक परामर्शका विभिन्न ४० वटा स्टल रहेका छन् । प्रर्दशनीमा उपत्यका बाहिरका सहित ३० वटा कलेजले सहभागीता जनाएका छन् ।
मेलाको नेपाली कांग्रेसका नेताहरु कृष्ण सिटौला, अर्जुन नरसिंह केसी लगायतले अवलोकन गुर्नभएको थियो । त्यसैगरी चर्चित अभिनेता राजेश हमाल पनि मेला अवलोकन गर्न पुग्नुभएको थियो । अवलोकन पछि कांग्रेस नेता सिटौलाले यस्ता श्रृजनशील कार्यक्रमले युवाहरुलाई आत्मनिर्भर भएर अघि बढ्ने हौसला दिने भएकाले निरन्तरता दिनुपर्ने बताउनुभयो ।
मुख्य गरि ड्रोन, आधुनिक कृषि प्रणालीमा प्रयोग हुने प्रविधि मेलाका मुख्य आकर्षक रहेका छन् । प्रर्दशनीमा विभिन्न ३ वटा विधामा उत्कृष्ट भएकालाई पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।
फिजिकल इन्जिनियरिङ डिजाईन र मोर्डन टेक्नोलोजिकल डिजाईनरमा उत्कृष्ठ ठहरिएका एक/एक जनालाई पुरस्कृत गरिने छ । पुरस्कारको राशी जनही १ ÷१ लाख रुपैया रहको छ । त्यसैगरी प्रर्दशनीमा अवलोकनकर्ताले अध्याधिक मन पराएकालाई पिपुल च्वाईस पुरस्कार प्रदान गरिने छ ।































प्रतिक्रिया