तीन छोरीसहित पुर्खौली घर पुगे डा. देवकोटा, स्थानीयको भिड

तीन छोरीसहित पुर्खौली घर पुगे डा. देवकोटा, स्थानीयको भिड

केन्द्रबिन्दु
0
Shares

डा.उपेन्द्र देवकोटा तीन छोरीसहित पुर्खौली घर पुगेका छन् । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा राखेर उनलाई गोरखाको पालुङटार नगरपालिका ४ पण्डितगाउँमा पुर्याइएको हो ।

डा देवकोटा आउने खबरले उनलाई हेर्न स्थानीयको भिड लागेको थियो । उनलाई हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्ट्रेचरमा बोकेर घरसम्म पुर्याइएको हो ।पित्त थैलीको क्यान्सरका कारण गम्भीर बिरामी वरिष्ठ न्यूरो सर्जन डा. देवकोटा लाई उनकै इच्छा अनुसार पुर्खौली घर पुर्याइएको हो ।

उनले आफ्नै घरको आंगनमा बसेर सिस्नेधाराको पानी खाने चाहना राखेका थिए ।

डा. देवकोटालाई अबको केही समयपछि हेलिकोप्टरबाट अस्पतालमा फर्काइने छ ।

Logo