सुर्खेत
प्रमुख प्रतिपक्षी कांग्रेसको चर्को दबाबपछि कर्णाली सरकारले १ वैशाखमा उद्घाटन गरेको कर्णाली रारा भ्रमण वर्ष २०७५ को खर्च विवरण संसदमा प्रस्तुत गरेको छ । कार्यक्रम सम्पन्न भएको दुई महिना बित्न लाग्दा पनि सरकारले खर्च सार्वजनिक नगरेको भन्दै कांग्रेसले बिहीबार संसद बैठक अवरुद्ध गरेको थियो ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कार्यक्रममा ६३ लाख भन्दा बढी खर्च भएको जानकारी संसदलाई गराए । शुक्रबारको संसद बैठकमा प्रतिपक्षी दल लगायत सरोकारवाला निकायबाट उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्वालाले खर्च सार्वजनिक गर्न ढिलाइ भएपनि खर्चमा सरकारले मितव्ययिता कायम गरेको दाबी गरे ।
कर्णाली भ्रमण वर्ष ०७५ को उद्घाटनका लागि कर्णाली सरकारले ३९ लाख रुपैयाँ विनियोजन गरेको थियो । शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले ६३ लाख ८७ हजार रुपैयाँ खर्च भएको संसदमा जानकारी गराए । मन्त्री ज्वालाले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधी सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु, प्रधानमन्त्रीसहित संघीय र प्रदेश सरकारका मन्त्रीहरु साथै स्थानीय सरकारका पदाधिकारीको उपस्थितिले खर्च बढेको जानकारी दिए ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया