काठमाडौँ

नेपाल भारतको सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी कायम नै रहेको छ । विभिन्न बाहाना बनाएर भारतीयहरुले नेपालीलाई दुःख दिने गरेका छन् । "/>

सीमा क्षेत्रमा भारतीयको ज्यादती : भारतीयको पक्की सडक, नेपालतर्फ काममा अबरोध

सीमा क्षेत्रमा भारतीयको ज्यादती : भारतीयको पक्की सडक, नेपालतर्फ काममा अबरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल भारतको सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी कायम नै रहेको छ । विभिन्न बाहाना बनाएर भारतीयहरुले नेपालीलाई दुःख दिने गरेका छन् । यस अघि पनि विभिन्न समयमा सीमा क्षेत्रका जनता माथि ज्यादती गर्दै आएको भारतीय पक्षले यतिखेर बेलौरी नगरपालिकाको विभिन्न वार्डहरुमा विकासको काम समेत प्रभावित पारेको छ । कञ्चनपुरका विभिन्न क्षेत्रमा सीमा अतिक्रमण देखि लिएर नेपाली माथि दुब्र्यवहार बढेको छ ।

कञ्चनपुरको वसै नाकामा भएको घटनापछि सीमा क्षेत्रको समस्या बढी चर्चामा आएको थियो । भारतीय पक्षको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । भारतीयले गरेको सीमा अतिक्रमणका विरोधमा स्थानीय बासिन्दाहरु आन्दोलित भएका थिए ।

यतिबेला पनि कञ्चनपुरको पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाको विभिन्न स्थानमा अतिक्रमणका समाचार सार्वजनिक भएको अवस्थामा बेलौरी नगरपालिकाको ६ वटा वार्डहरु भारतीयको अवरोधका कारण विकासको काम समेत प्रभावित भएको छ । बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीका अनुसार ६ वटा वार्डहरुमा भारतीयहरुले गरेको अवरोधका कारण जनताको पक्षमा काम गर्न सकिएको छैन ।
नेपाल समाचारपत्रबाट

Logo